कर्पोरेट

धनुषामा एनआइसीको नयाँ शाखा संचालनमा

Banner

धनुषा, फागुन ६–

एनआइसी एशिया बैंकको धनुषामा नयाँ शाखा संचालनमा आएको छ । धनुषाधाम नगरपालिका वडा नं.३ स्थित धनुषाधाममा एनआइसीको नयाँ शाखा संचालनमा आएको हो । नयाँ शाखाको मंगलबार सोही नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले समुद्घाटन गरे ।

ग्रामिण तथा शहरी क्षेत्रमा दरिलो उपस्थिति जनाउँदै आइरहेको एनआइसी एशियाले यस शाखा स्थापनासंगै स्थानीयलाई बैंकिङ सेवा सहज, सरल हुने विश्वास लिएको छ । एनआइसीको हाल देशभर ३१९ वटा शाखा कार्यालय, ४४४ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर र ५२ वटा शाखारहित बैंकिङ सेवा संचालनमा छ । एनआइसीमा २१ लाख ग्राहकहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>