बजार

सुनको भाउ अहिलेसम्मकै उच्च, अन्तर्राष्ट्रिय बजारमा कति ?

Banner

काठमाडौं, फागुन ६-

सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ ।

गत पुष २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले रेकर्ड तोडेको थियो ।

उक्त रेकर्डलाई तोड्दै सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको हाे। सोमबार सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएको भएको थियो । जुन रकम यसअघिको सबैभन्दा उच्च मूल्य हो ।

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>