चितवन विशेष
भरतपुरको फुलबारीमा ट्रकको ठक्करबाट एकको मृत्यु
०

चितवन,फागुन ६-
चितवनमाट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १५ फुलबारी स्थीत भित्री सडकखण्डबाट मंगलपुर तर्फ जाँदै गरेको बा १ क ६२५५ नम्वरको ट्रकले गयराती विपरित दिशाबाट आइरहेको ना ५७ प १९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक भरतपुर १५ फुलबारी कै ३५ बर्षिय रामप्रसाद दुवाडीको मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























