चितवन विशेष

फागुन १८ देखि मेघौँली महोत्सव, व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य

Banner

निशा श्रेष्ठ

चितवन, फागुन ५-

नेपालकै सर्वोत्कृष्ट वन्यजन्तु पर्यटनको प्रमुख गन्तव्य मानिएको चितवनको मेघौलीमा पाचौँ मेघौली पर्यटन महोत्सव–२०७६ हुने भएको छ ।

भरतपुर महानगरपालिका २७ र २८ मा पर्ने मेघौलीमा यही फागुन १८ देखि २४ गतेसम्म एक हप्ते महोत्सव हुन लागेको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । मेघौली पर्यटन विकास समिति, भरतपुर महानगर वडा नं.२७ र २८ तथा मेघौली उपभोक्ता समितिको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवलाई वाग्मती प्रदेश सरकार, चितवन राष्ट्रिय निकुञ्ज तथा स्थानीय वन समितिहरुले सहयोग गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र ९ वटा सामुदायिक वनको विशेषता र जैविक विविधताले भरिएको मेघौलीमा पर्यटन प्रवद्र्धन गर्नका लागि महोत्सव हुन लागेको महोत्सव मूल समारोह समिति संयोजक हरिचन्द्र महतोले जानकारी दिए ।  मेघौली हात्तीपोलो मैदानमा हुने महोत्सवमा स्थानीय कृषि उत्पादन, हस्तकला तथा औधोगिक पदर्शनी हुनेछन् । स्थानीय थारु, कुमाल ,नेवारी , मगर , गुरुङ खानाहरुको स्टल पनि रहनेछन् । जंगल सफारी (हात्ती, जीप , डुंगा सयर ,जंगलवाक , बर्ड वाचिङ, टाइगर ट्र¥याक ) गोलाघाट सूर्यास्त दृष्यावलोकन जस्ता मुख्य आकर्षण रहेको संयोजक महतोले जानकारी दिए ।

यसका साथै महोत्सवमा वन्यजन्तु संरक्षणसम्बन्धी वृतचित्र पनि प्रस्तुत गरिनेछ र विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुने उनले बताए । पत्रकार सम्मेलनमा वाग्मती प्रदेशका सांसद कृष्ण भुर्तेललगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।

भरतपुरको चौबिसकोठीबाट २५ किलोमिटर पश्चिम लागेपछि मेघौंली पुग्न सकिन्छ । यस क्षेत्रमा धेरै तालतलैया, सिमसार क्षेत्र रहेकोले गैँडा तथा धेरै प्रजातिका चराहरुको मुख्य बासस्थानको रुपमा चिनिँदै आएको छ । कला, संस्कृति र जनजातिहरुको मुख्य थलोको रुपमा चिनिएको मेघौँलीमा विभिन्न जनजातिका होमस्टेसहित साना र ठूला होटलहरु रहेका छन् । विगतमा विश्वका प्रतिष्ठित व्यक्तित्वहरु मेघौली आएर बस्ने गरेको इतिहास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>