खेलकुद

माडीमा फागुन ७ देखि राष्ट्रिय भलिबल प्रतियोगिता हुने

Banner

सुवास लामिछाने

चितवन, फागुन ४-

दिवाकर भुसाल स्मृति दोस्रो क्लब च्याम्पियनसिप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता माडीको बसन्तपुरमा हुने भएको छ ।

माडी नगरपालिका–३ बसन्तपुर स्थित खुला चौरमा हुने प्रतियोगितामा विभागीय टोलीसहित ८ क्लबको सहभागिता रहने छ । आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब , सशस्त्र प्रहरी बल (एफीएफ), वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २, साहारा सुपर मार्केट सौराहा चितवन र कृष्णपुर खेलकुद विकास समिति चितवनको सहभागिता रहने आयोजकले ताएको छ ।

करिब १५ लाख खर्च लाग्ने सो प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख, तृतीय हुने टोलीले ५० हजार तथा सान्त्वना हुने टोलीले २५ हजार प्राप्त गर्नेछन् भने विधागत सर्वाेत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने नगर खेलकुद विकास समिति माडीका अध्यक्ष रामबन्धु पोख्रेलले जानकारी दिए । नगर खेलकुद विकास समिति माडीद्वारा आयोजित प्रतियोगिता फागुन ७ गतेदेखि फागुन ११ गतेसम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>