चितवन विशेष

रत्ननगरको लाइसियम स्कुलका छात्रालाई आत्मरक्षा प्रशिक्षण

Banner

चितवन, माघ ४-

रत्ननगर नगरापालिका–१ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलमा अध्ययनरत छात्राहरुका लागि आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ ।

गत पुसमा सञ्चालित दुई दिवशिय प्रशिक्षणमा सिकाइएका कलालाई पुनरावलोकन गर्दै शनिबार छात्रालाई कराँतेका विभिन्न कला तथा जुडोका कलाहरुबारे सिकाइयो । कुनै पनि खतराबाट कसरी आफू सतर्क रहने र कोही आइलागेमा, कसैले समातेमा कसरी उसको पञ्जाबाट फुत्कने भन्ने कलाका साथै उसलाई कसरी प्रहार र परास्त गर्ने भन्ने सम्बन्धमा नेपाल प्रहरीका कराँते प्रक्षिक्षक कुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको आवश्यकताबारे प्रकाश पार्दै विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले समाजमा महिला तथा बालबालिकाहरु असुरक्षित रहेको र जुनसुकै समयमा पनि हिंसाको सिकार बन्न सक्ने सम्म्भावनालाई मध्यनजर गरी विद्यालयमा अध्ययनरत छोरीको मनोबल उच्च बनाउँदै सुरक्षित बनाउनका लागि प्रशिक्षण गरिएको र यसलाई निरन्तरता दिइने बताए । प्रशिक्षणमा सहभागी बालिकाहरुले जीवन उपयोगी शिक्षा सिक्न पाएकोमा खुसी व्यक्त गर्दै उत्साहित भई सहभागिता जनाउँदै हिम्मत बढेको अभिव्यक्ति दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>