अन्तर्वार्ता

वैदेशिक शिक्षाको भरपर्दाे नाम नै नेक्स्ट ट्रम: प्रवन्ध निर्देशक पौडेल

Banner

समिर पौडेल चितवनको शैक्षिक कन्सल्टेन्सीको भीडमा एउटा बेग्लै पहिचान बनाएको नाम हो । विसं २०४७ सालमा चितवनको जगतपुरमा जन्मिएका पौडेलले जगतपुरको व्लुबर्ड तथा मेघौलीको मिलीजुली स्कुलबाट प्ररम्भिक शिक्षा पूरा गरे । उनले भरतपुरको शान्ति एकेडेमीबाट अंग्रेजी साहित्यमा स्नातक उतीर्ण गरेपछि भरतपुरको त्रिवेणी एफएममा शैक्षिक कार्यक्रम चलाउन थाले । चितवनको शैक्षिक क्षेत्रमा उनको यात्रा निरन्तर अगाडि बढ्यो झण्डै एक दशकसम्म समिरले भरतपुरको ग्रिनल्याण्ड पब्लिक स्कुलमा शिक्षकको रुपमा काम गरे ।

देशका विभिन्न ठाउँहरु घुम्न, गीत गाउँन रुचि राख्ने मल्टीट्यालेन्टेट उनलाई अरुको बोर्डिङ स्कुलमा सधै शिक्षक मात्र बनिरहने भन्दा पनि केही नयाँ प्रकारको काम गरेर देखाउने रहर लाग्यो । जागिरभन्दा व्यवसाय राम्रो भन्ने अन्तरमनको आवाजलाई प्राथमिकता दिएर नै उनले नारायणगढको लायन्सचोकमा नेक्स्ट टर्म एजुकेसन एण्ड भिसा सर्भिसेसको सुरुवात गरे । जब उनले आईएलटीएस पढाउन थाले तब उनलाई कम उमेरमा नै शैक्षिक परामर्शको क्षेत्रमा केही ज्ञान तथा अनुभव बटुल्ने अवसर मिल्यो । विभिन्न जीवनका उकालीओराली पार गर्दै आजको अवस्थामा आइपुगेका नेक्स्ट ट्रम एजुकेसन एण्ड भिसा सर्भिसेजका प्रवन्ध निर्देशक समिर पौडेलसँग नारायणी अनलाइनले व्यवसायिक कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

प्रश्न : चितवनको शैक्षिक कन्सल्टेन्सीको क्षेत्रमा कसरी जोडिन आउनुभयो ?

जवाफ : म एक्कासी यस क्षेत्रमा जोडिन आएको होइन । कन्सल्टेन्सी स्थापना गर्नुभन्दा अगाडि म बोर्डिङ स्कुलमा पढाएँ । त्यसपछि आईईएलटीएस प्रशिक्षकको रुपमा विभिन्न कन्सल्टेन्सीमा काम गरँे । जागिरभन्दा व्यवसाय राम्रो भन्ने सोचेर तीन वर्षदेखि कन्सल्टेन्सीको क्षेत्रमा जोडिएको छु । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको नेक्स ट्रम एजुकेसनको शाखा चितवनमा स्थापित गरेर म यस क्षेत्रमा संलग्न हुँदै आएको छु ।

प्रश्न: कन्सल्टेन्सीहरुको भीडमा तपाइँको अलग्गै के के विशेषताहरु छन् ? स्पष्ट पारिदिनोस् न ।

जवाफः अन्य कन्सल्टेन्सीभन्दा हामीले फरक प्रकारबाट विद्यार्थीलाई सुविधा दिइरहेका छौं । राम्रोसँग भिसा आवेदनको लागि हामीले राम्रोसँग डकुमेन्टेसन गर्छैंा । राम्रो र स्वच्छ वातावरणमा विद्यार्थीले केही सिक्ने अवसर हाम्रो कन्सल्टेन्सीमा पाउँछन् । त्यस्तै अत्याधुनिक कक्षाकोठामा प्रोजेक्टर मार्फत आईएलटीएस पढाउने र विज्ञहरुको सल्लाह तथा परामर्शमा उच्च शिक्षाको लागि आवेदन दिने मुख्य ठाउँ नै नेक्स्ट टर्म एजुकेसनल कन्सल्टेन्सी हो ।

हाम्रो मुख्यालय अष्ट्रेलियामा रहेकोले पनि केही समस्या भयो भने हामीले त्यहाँ सोध्ने गर्छौं । डीके फाइनल गराएपछि मात्र भिसाको लागि विद्यार्थीको शैक्षिक र आर्थिक कागजपत्रहरु बुझाउने गर्छौं । जसले गर्दा विद्यार्थीको भिसा आवेदनमा कुनै पनि समस्या आउने ठाउँ रहँदैन । हरेक कागजपत्र लेख्न र मिलाउनको लागि हाम्रो कन्सल्टेन्सीमा दशकौं अघिदेखि खटिरहनुभएका विज्ञहरु हुनुहुन्छ जसले गर्दा पनि विद्यार्थीले बिना झन्झट सेवा पाउने गर्छन् । सबै कागजपत्रसहित विद्यार्थीको एसओपी रिपोर्ट बुझाएपछि मात्र विद्यार्थीले सजिलै भिसा प्राप्त गर्छन् ।

प्रश्न: तपाइँको कन्सल्टेन्सीबाट विद्यार्थीहरुले कुन कुन देश पढ्न जान सकिन्छ ?

जवाफ:  नेक्र्स ट्रम कन्सल्टेन्सी शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त कन्सल्टेन्सी हो । यस कन्सल्टेन्सीबाट अष्ट्रेलिया, न्यूजील्याण्ड, क्यानडा, बेलायत र जापान जस्ता देशमा भिसा आवेदन गर्न सकिन्छ । सुरुमा हाम्रो मुख्य प्राथमिकता अष्ट्रेलिया भए पनि अहिले बदलिँदो समयअनुसार अन्य देशहरु पनि थप्दै गएका छौं ।

प्रश्न:  अहिलेसम्म नेक्स्ट ट्रम एजुकेसन कन्सल्टेन्सीबाट कतिजना विद्यार्थी विदेश गए ?

जवाफ:  हरेक वर्ष ५० भन्दा बढी विद्यार्थी बाहिर देश गइरहेका छन् । विदेश जान मात्र नभई अन्य शैक्षिक परामर्शको लागि धेरै विद्यार्थी हाम्रोमा आउँछन् । जसले पनि हाम्रो कन्सल्टेन्सीको बारेमा राम्रो प्रतिक्रिया दिइरहेका छन् । हामीले छनोट गर्ने विषय र विश्वविद्यालय राम्रो परेको सबैले जवाफ दिइरहेका छन् ।

प्रश्न: कुन तह पढेको  विद्यार्थी अष्ट्रेलियाको लागि भिसा आवेदन गर्दा राम्रो हुन्छ ?

जवाफ : अष्ट्रेलिया जान सजिलो १२ कक्षा उतीर्ण गरेपछि भए पनि विदेशी विश्वविद्यालयहरुले स्नातक उतीर्ण विद्यार्थीहरुलाई मुख्य प्राथमिकतामा राखेको हुन्छ । स्नातक उतीर्ण गर्दासम्म विद्यार्थी निकै परिपक्क र मेहनती हुन्छन् । जसबाट उनीहरुलाई नीति नियम बुझ्न खासै कठिन हुँदैन । अल्लारे अवस्थामा विदेश जाँदा दुव्र्यसनीमा फसेका पनि प्रशस्त उदाहरणहरु छन् । हामीले अभिभावकलाई नै राखेर यसबारे सचेत गराउने गरेका छौं ।

प्रश्न:  विदेशमा कुन विषयमा विद्यार्थीको बढी आकर्षण देखिन्छ ?

जवाफ: सूचना प्रविधि, विज्ञान, नर्सिङ र पशुविज्ञान कोर्समा विद्यार्थीको बढी आकर्षण छ ।

प्रश्न: तपाइँकोबाट पढ्न विदेश जान चाहने विद्यार्थीहरुलाई के सल्लाह दिनुहुन्छ ?

जवाफ ः परिवारको आर्थिक अवस्था हेरेर मात्र कोर्ष छनोट गर्नुपर्छ । कोर्ष र विश्वविद्यालय छनोट गर्दा ध्यान दिनुपर्छ । त्यो विषय पढ्न फिट छ वा छैन भन्ने बारेमा धेरै विचार गर्न जरुरी देखिन्छ । विदेशमा पढिने क्याम्पसले कानुनीरुपमा सम्बन्धन प्राप्त हो वा होइन अध्ययन गर्नुपर्छ । म सबैलाई राम्रोसँग बुझेर मात्र जान अनुरोध गर्छु ।

प्रश्न: वैदेशिक शिक्षाका समस्याहरु के के छन् ?

जवाफ : राम्रोसँग राम्रो कन्सल्टेन्सीबाट बुझेर नगएमा धेरै समस्याहरु आउन सक्छन् । कतिपय कन्सल्टेन्सीले कमिसन धेरै पाउने नाममा महंगो कन्सल्टेन्सीमा पठाइदिँदा विद्यार्थीले जति काम गरे पनि तिर्न नसक्ने अवस्था आउन सक्छ । कतिपय विश्वविद्यालयमा वर्षको ३० हजार डलरसम्म तिर्नुपर्ने अवस्था छ । जुन नेपालबाट जाने विद्यार्थीको लागि असम्भव नै हुन्छ ।

प्रश्न: विदेशी विश्वविद्यालयहरुमा छात्रवृत्तिको अवसरहरु कत्तिको आउँछ ?

जवाफ: शैक्षिक पृष्ठभूमि राम्रो भएको र आईएलटीएसमा पनि राम्रो स्कोर ल्याएको विद्यार्थीहरुले प्रशस्त छात्रवृत्तिको अवसरहरु पाउँछन् ।

प्रश्न: अन्त्यमा तपाइँलाई मनमा लागेका हामीसँग सेयर गर्ने केही कुराहरु छन् कि ?

प्रश्न: खासै केही छैन ।

धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>