चितवन विशेष
सिजी ल्यान्डमार्कको भ्यालेन्टाइन विशेष उत्सवमा दर्शकको भीड

चितवन, माघ २९-
भरतपुरको अत्याधुनिक व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा भ्यालेन्टाइन डेको अवसरमा विशेष कार्यक्रम भएको छ । ल्यान्डमार्कका म्यानेजर उज्वल केसीकाअनुसार भ्यालेन्टाइन डेको अवसरमा फागुन २ र ३ गते मलमा लाइभ म्युजिक, फेसन शोलगायत रोमाञ्चक कार्यक्रमहरु भएका हुन् । दुवै दिन ग्राहक तथा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।

दुवै दिन अन्जु रानामगरलगायत स्थानीय ब्यान्ड गु्रप ब्रदरहुड र ट्र्यांगलको लाइभ सांगीतिक प्रस्तुति भएको थियो । मल घुम्न आउने प्रेमिल जोडी र सर्वसाधारणलाई मनोरञ्जन दिलाउन बालबालिका, महिला र पुरुषको विन्डर फेसन पनि आयोजना भएको केसीले जानकारी दिए । भ्यालेन्टाइन लभ डान्स, युगल डान्स र किड डान्स हेर्न पाइएको थियो भने मलमा दर्शकलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
हालसालै सञ्चालनमा आएको अत्याधुनिक तथा सुविधा सम्पन्न सिजी ल्यान्डमार्कमा विश्वविख्यात अन्तर्राष्ट्रिय ब्रान्डका आउटलेट, फुडकोर्ट, स्विमिङ पुल, अत्याधुनिक सिनेमा हललगायत सुविधा छन् ।

























