स्वास्थ्य
चीनबाट ल्याइएका १७५ नेपालीकाे ‘स्याम्पल’ लिने तयारी

चितवन, फागुन ४-
चीनको कोरोना (covid-19) प्रभावित क्षेत्रबाट आइतबार विहान स्वदेश फर्काइएका १ सय ७५ जना नेपालीको कोरोना परीक्षण गरिने भएको छ ।
कोरोनाको सङ्क्रमण भए नभएको जाँच गर्नको लागि अहिले एक सय ७५ जना नेपालीको रगत र खकारको नमुना सङ्कलन भइरहेको छ ।
सङ्कलन गरिएको नमुना टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने सरकारको तयारी छ । क्वारेन्टाइनमा राखिएकाहरुको नमुना नियमित परीक्षण गर्ने जनाइएको छ ।
चीनबाट विशेष विमानमा आइतबार बिहान ३ बजेर ३५ मिनेटमा त्रिभुवन विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्य सामान्य पाइएपछि खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको हो ।
उनीहरुमा कोरोना भाइरसको संक्रमण छ वा छैन भनेर पुष्टि गर्नका लागि क्वारेन्टाइनमा पुगेको २४ घण्टाभित्र पहिलो पटक नमुना परीक्षण गर्ने तयारी गरिएको छ ।























