समाज
चीनबाट उद्धार गरिएका नेपाली भन्छन्ः अब सरकारसंग कुनै गुनासो छैन
०

काठमाडौं,फागुन ४-
कोरोनाभाइरस प्रभावित चीनको वुहान शहरबाट शनिवार राति १० बजे नेपाल उडेका नेपालीहरूले आइतवारको सूर्योदय भक्तपुरको खरिपाटीबाट देखे।जैविक युद्धभूमिबाट फर्किएको ठान्ने तिनैमध्येका एक सौरभ लुइटेलले स्वदेश फर्कँदाको अनुभूतिलाई शब्दमा व्याख्या गर्न नसकिने बताउँछन्।
आइतवार बिहान संचारकर्मीसंग उनले भने, मलाई अब सरकारसंग कुनै गुनासो छैन। त्यहाँ बसेर उद्धार भइदिओस् भन्ने कामना गरिरहे पनि गरिब देशले गर्न सक्ने वा नसक्नेमा हामी ढुक्क थिएनौँ। उनका अनुसार देश फर्कन पाएकोमा १७५ जना नेपालीहरू यति धेरै खुसी थिए कि विमान उड्दा र अवतरण गर्दा सबैले अनायसै लामो ताली पिटेका थिए।
नेपाल वायुसेवाको विमानमा सबैका कुर्सीमा बदाम, केक, केरा र जुस राखिएका थिए। त्यो देखेर समेत धेरैका आँखा निकैबेर रसाएको लुइटेल बताउँछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























