स्वास्थ्य

कोरोना भाइरसबाट चीनमा एकैदिन २४२ को मृत्यु, १५ हजारजनामा नयाँ संक्रमण

Banner

काठमाडौं, फागुन १-

‘कोभिड–१९’ नाम दिएको नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीव्र रुपमा बढेको छ ।

कोरोना भाइरसका कारण चीनको हुबेइमा बुधबार एकैदिन २४२ जनाको मृत्यु भएको छ । एकैदिन यतिधेरै संक्रमितको मृत्यु भएको यो पहिलोपटक हो ।

यसैगरी १४ हजार ८ सय ४० जना नयाँ संक्रमित देखिएका छन् । हुबेइको स्वास्थ्य निकायले बृहत तरिकाले संक्रमित पहिचान गरेसँगै संक्रमितको संख्या पनि उच्च तरिकाले बढेको हो । योसँगै संक्रमितको संख्या ६० हजार पुगेको छ ।

यसअघि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार अपडेट जारी गर्दै २ हजार १५ जनामा संक्रमण देखिएको र यो २ साताकै न्युन भएको जनाएको थियो ।

तर बुधबार हुबेइमा भएको थप मृत्यु र संक्रमणले अवस्था भयावह भएको देखिएको हो । कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १३ सय ५० नाघेको छ । यस्तै झण्डै ६० हजारजनामा संक्रमण पुष्टि भएको छ ।

यसैबिच डब्लुएचओले नोवेल कोरोना भाइरसको महामारी अन्त्यका बारेमा अहिले नै बोल्न उपयुक्त नहुने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>