स्वास्थ्य
कोरोना भाइरस : मृतकको संख्या हजार नाघ्यो, २७ विदेशी सङ्क्रमित

चितवन, माघ २८-
उत्तरी छिमेकी चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या एक हजार नाघेको छ ।
हुबेईको स्वास्थ्य आयोगले उक्त प्रान्तमा सोमबार २ हजार ९७ नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ । आइतबार नयाँ संक्रमितको संख्या २ हजार ६ सय १८ थियो ।
विभिन्न मुलुकबाट चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा बस्दै आएका कुल २७ व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको चीनको विदेश मन्त्रालयले सोमबार जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका उत्कृष्ट चिकित्सकको टोली चीन पुगेको छ । अहिले चीनमा मात्रै ४२ हजार २ सय बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्राणघातक कारोना भाइरसको संक्रमणको आशंका गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार निरिक्षण गरेका छन् ।
यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको संख्यामा सोमबार २० प्रतिशतले कमी आएको छ ।
























