स्वास्थ्य
चिकित्सक संघमा कांग्रेसको वर्चस्व
०

काठमाडौं,माघ २८-
नेपाल चिकित्सक संघमा एक जना सदस्य बाहेक सबै पदमा नेपाली कांग्रेस निकट डा लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूह विजयी भएको छ। संघको हालै सम्पन्न निर्वाचनको मत परिणाममा सबैभन्दा बढी मत अध्यक्षमा विजयी भएका डा लोचन कार्कीले ल्याएका छन् ।
संघको २८ औं कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा देशभरबाट ६ हजार १ सय ५७ मत खसेको थियो। जसमा डा कार्कीले ४ हजार १११ मत ल्याए । डा कार्कीले आफ्ना प्रतिस्पर्धी डा पुष्पमणि खरालभन्दा २ हजार १३२ मत बढी ल्याएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























