कर्पोरेट

उवासंघ–चितवनको योजना तर्जुमा गोष्ठी

Banner

चितवन, माघ २७ –

उद्योग वाणिज्य संघ चितवनको वर्ष २०७६\२०७८ को कार्ययोजना तर्जुमा गोष्ठी आज सम्पन्न भएको छ ।

रिभर क्राउन प्लाजा गैँडाकोटमा भएको गोष्ठीमा संघसँग आवद्ध वस्तुगत संघहरुको सहभागितामा विभिन्न योजनाहरु निर्माण गरिएको छ । उद्योग वाणिज्य संघ चितवनको कार्यकाल २०७६–२०७८ का लागि कार्ययोजना तर्जुमा गर्नका लागि विभिन्न वस्तुगत संघका कार्यक्रमसमेत समावेश गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले आगामी २ वर्षमा संघले आयोजना गर्ने विभिन्न कार्यक्रममा वस्तुगत संघका आवश्यकता, माग र समस्यालाई समेत समावेश गराउनका लागि पूर्वकार्ययोजना तर्जुमा गोष्ठी गरिएको बताए । उनले सम्पूर्ण वस्तुगत संघको सक्रिय सहभागिता र सहयोगको आफूले अपेक्षा गरेको बताए । उनले संघसँग आवद्ध सदस्यका लागि जुनसुकै कार्यक्रम आयोजना गर्न आफू तयार रहेको समेत जानकारी दिए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघमा आवद्ध वस्तुगत संघ उद्योग वाणिज्य संघ–चितवनका अभिन्न अंग भएको बताउँदै सम्पूर्ण वस्तुगत संघहरुको प्रवद्र्धन र हित हुने खालका कार्यक्रम तय गरिने बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष एवम् वस्तुगत संघ समन्वय समितिका संयोजक भोजराज कौडालले सम्पूर्ण वस्तुगत संघहरुले आफ्नो योजना तर्जुमा गोष्ठीको आयोजना गरी संस्था सुदृढीकरणका साथसाथै सदस्यहरुको हित हुने खालका कार्यक्रम तय गर्नुपर्ने बताए ।
कार्यक्रममा विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिले आ–आफ्नो वस्तुगत संघका योजना र कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा भाडावर्तन तथा गिफ्ट व्यवसायी संघका अध्यक्ष कृष्ण सुवेदी, संघका द्वितीय उपाध्यक्ष चिरञ्जिवी सुवेदी लगायतले आ–आफ्नो धारणा राखेका थिए । संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उवासंघ–चितवनका पूर्वअध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डा. तिलचन्द्र भट्टराईले प्रमुख स्रोत व्यक्तिको भूमिका निर्वाह गरेका थिए ।
यसै गरी गोष्ठीमा संघका कार्यकारी निर्देशक गौरव खतिवडा र कार्यक्रम अधिकृत निलबहादुर केसीले कार्यशालाको सहजीकरण गरेको सचिवालयले जनाएको छ । संघको लगत्तै हुने कार्ययोजना तर्जुमा गोष्ठीमा वस्तुगत संघबाट प्राप्त सुझाव र कार्यक्रमलाई समेत समेटेर विस्तृत कार्ययोजना तय गर्ने कार्यक्रम रहेको उवासंघ–चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>