चितवन विशेष

सौराहामा पर्यटक आकर्षण गर्न ‘क्यानोपी वाक’, डीपीआरको लागि बजेट विनियोजन

Banner

चितवन, माघ २७-

सौराहामा पर्यटकलाई नयाँ अनुभूति दिनको लागि क्यानोपी वाक निर्माण गरिने भएको छ ।

वागमारा मध्यवर्ती सामूदायिक वनभित्र निर्माण गरिने सो क्यानोपी वाक हात्ती सफारीको विकल्पमा ल्याउन खोजिएको हो । सौराहाको नयाँ उत्पादन र अनुभवको लागि सो अवधारणा ल्याइएको क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले नारायणी अनलाइनलाई बताए । थाइल्याण्डमा पनि यस्तै रुखमाथि हिड्ने बाटो बनाइएको देखेको उनले जानकारी दिए । यसको निर्माणको लागि डीपीआर बनाउन पर्यटन बोर्डले दुई लाख रुपैयाँ उपलब्ध गराएको छ भने वागमारा मध्यवर्ती वनले एक लाख रुपैयाँ विनियोजन गरेको छ ।

वागमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर तामाङले वनको १५ साधारण सभाले यसको निर्माण छिट्टै गर्ने गरी डीपीआर तयार गर्ने निर्णय गरेको बताए । उनले सौराहामा सञ्चालन हुने हात्ती सफारीबारे पशुअधिकारकर्मीले विभिन्न आवाज उठाइरहेकोले पनि यसको विकल्पमा नयाँ अवधारणा ल्याउन लागेको जानकारी दिए । फलेक फलेक जोडेर रुखरुखमा पुल जस्तो हिड्ने ठाउँ बनाउनुलाई क्यानोपी वाक भनिन्छ ।

तस्विर : सुमन घिमिरेको फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>