चितवन विशेष

रंगशालामा महायज्ञको त्यो क्षण जब ताली रोकिएन, पण्डितले भने – वाह ! हाम्रो समाज

Banner

चितवन, माघ२७-

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चल महोत्सवमा प्रशिद्ध प्रवचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिइरहेका थिए ।

प्रवचन स्थलमा हजारौ हिन्दु धर्मावलम्बीहरु उनको प्रवचनमा ध्यानमुग्द थिए ।

तर एकैछिनमा माहोल फेरियो । हातमा ‘गोरखा बजार मुस्लिम समाज’ लेखिएको ब्यानर बोकेर ८/१० जनाको समुह प्रवचन स्थलमा प्रवेश गर्दा केहि समय तालीको बर्षात नै भयो । गेटबाट मुस्लिम समुदायको समुह प्रवेश गरेको देखेर प्रवचन गरिरहेका पण्डित पोखरेलले प्रवचन नै रोके र भन्न थाले ‘वाह हाम्रो असली समाज त यो हो नि ।’

ब्यानर बोकेर अघि बढिरहेको मुस्लिम समुदायको समुहलाई मञ्चमा बसिरहेका सिताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली) ले गेटसम्मै गएर स्वागत मात्रै गरेनन् सबैसंग अंकमाल पनि गरे । त्यतिबेलासम्म हलभित्र रहेका हजारौले मुस्लिम समुहलाई तालीले स्वागत गरिरहेका थिए ।

पण्डितले मञ्चबाटै यसो भनिरहदा महोत्सव स्थलको माहोल निक्कै रोमाञ्चित देखिएको थियो ।

त्यतिबेला पण्डित पोखरेल मञ्चबाट उद्घोष गरिरहेका थिए ‘नेपाललाई चार जात छत्तिस वर्णको फुलबारी त्यसै भनिएको होइन, हाम्रो पहिचान यहि हो, हाम्रो मेलमिलाप, सद्भाव र सम्बन्धले विश्वमा नेपाल अलग पहिचान बोकेको छ’ उनले थपे ‘सम्मान छ उहाँहरुलाई, यो हो हाम्रो असली पहिचान र सम्पत्ती हो, सधैभर यस्तै प्रगाढ सम्बन्ध कायम रहोस् मेरो यहि कामना ।’

केहि बेर त महोत्सव स्थलमा सेल्फी खिच्नेको भिंड समेत लाग्यो । यसै यसै सन्दर्भमा मुस्लिम समुदायले रंगशाला निर्माणका लागि नगद २० हजार १ सय सहयोग समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>