चितवन विशेष

चितवनका नयाँ एसपी भन्छनः कसैको प्रलोभन र दबाबमा पर्दिनँ

Banner

चितवन,माघ २७-

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले चितवन प्रहरी कसैको प्रलोभन र दबाबमा नपर्ने बताएका छन् । केही दिनअघि सरुवा भएर आएका उनले आइतबार पत्रकारहरु संगको भेटमा भने,प्रहरी नितान्त जनता र राष्ट्रको सेवा गर्ने संगठन हो,त्यसैले चितवन जिल्लाको शान्ति सुरक्षा र जनताको पक्षमा कुनै कसर बाँकी राख्दिन ।उनले प्रहरी संगठनलाई बलियो र सक्षम बनाउन जनस्तरबाट पनि सहयोग चाहिने बताए ।

सबैको सहयोग विना कुनैपनि काम सफल हुँदैन,उनले भने,प्रहरी संगठन दरिलो बनाउन सबैको साथ आवश्यक छ । प्रहरीमा राजनीतिक दल र ठूला व्यवसायीको प्रभाव परिरहेको आरोप लागिरहेका बेला उनले आफू रहुन्जेल कसैको दबाब र करकापमा काम नगर्ने दावी गरे । समन्वय त सबै पक्षसंग गर्नुपर्छ भन्दैमा चाकडीमा लाग्नुपनि त राम्रो होइन,उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>