राजनीति

अख्तियारको मुद्दाको विरोधमा चितवनमा पनि प्रदर्शन

Banner

चितवन माघ २६-

 नेपाल तरुण दल जिल्ला कार्यसमिती चितवनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै दायर गरेको मुद्दाको विरोधमा चितवनमा पनि प्रदर्शन गरेको छ ।

बालुवाटर जग्गा प्रकरणमा नेकपाका उन्मुती तथा अन्य राजनितीक दलका नेता कार्यकर्ताहरुलाई राजनितीक बदनियत र प्रतिशोधपूर्ण मुद्धा लगाउने निर्णयको विरुद्धमा विरोध पर्दशन गरिएको हो ।

उनीहरुले ‘दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन, कठै अख्तियार, नेकपासामु लम्पसार’ जस्ता नारा लगाएका थिए ।


चौबिसकोठीबाट र्याली निकाली पुल्चोकमा गई कोडसभा गरेको थियो ।

अख्तियारले नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई जोगाएर गच्छदारलाई फसाएको काँग्रेसले आरोप लगाउँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>