स्वास्थ्य
कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या ८१३ पुग्यो

चितवन, माघ२६-
नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८१३ पुगेको छ ।
शनिवार मात्रै कोरोना भाइरसका कारण चीनमा ८९ जनाको ज्यान गएको र २ हजार ६९८ जना नयाँ संक्रमित फेला परेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उदृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले समाचार छापेको छ ।
चीनमा शनिवारसम्म ३७ हजार १९८ जना संक्रमित भएको पनि उक्त समाचार एजेन्सीको वेबसाइटमा उल्लेख छ । शनिवारसम्म हङकङमा २६ जनामा भाइरसको संक्रमित फेला परेको छ भने एक जनाको मृत्यु भएको छ ।
त्यस्तै मकाउमा १० जना र ताइवानमा १७ जनामा कोराना भाइरसको संक्रमण फेला परेको छ ।
चीनपछि जापानमा सबैभन्दा बढी अर्थात् ८९ जना संक्रमित फेला परेका छन् ।
यो नयाँ भाइरसलाई 2019-nCoV नामकरण गरिएको छ ।
ह्वानेनस्थित एउटा समुद्री खाद्यपदार्थ बजारमा जिउँदै बेच्न राखिएका जीवबाट उक्त भाइरस फैलिएको अनुमान छ।
सङ्क्रमण भएको पहिला पुष्टि भएका ९९ जनामध्ये ४९ जनाको उक्त बजारसँग प्रत्यक्ष सम्बन्ध थियो।
























