खेलकुद

भारतीय महिला फुटबलमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन, हालसम्म सर्वाधिक गोलकर्ता

Banner

काठमाडौँ माघ २४-

नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन ।

चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छिन । जारी लिगमा उनी हालसम्म सर्वाधिक गोलकर्ता बनेकी छिन ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उनी उक्त लिग खेल्न माघ ७ गते भारत गएकी हुन । दोस्रो पटक सो लिग खेलिरहेकी सावित्रा यसपटक गोकुलम क्लबमा आबद्ध छिन । गत वर्ष उनले सेथु एफसीबाट खेलेकी थिइन । सेथु गत संस्करणको च्याम्पियन पनि हो । सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गरेकी थिइन। उक्त लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

सावित्रालाई ओजिलको जर्सी

भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ । ओजिलका एजेन्ट इकुट सोगुटले सो उनलाई जर्सी हस्तान्तरण गरेका हुन ।

जारी लिगमा सावित्रासम्मिलित गोकुलमले हालसम्म खेलेको चारवटै खेलमा जित हासिल गरेको छ । लिग शुरु हुनअघि भएको छनोट खेलमा समेत उहाँले तीन गोल गरेका थिए । सावित्रासँगै उक्त लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेथु एफसीबाट खेलिरहेका छन । सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>