चितवन विशेष

क्रिकेट रंगशालाः सीएमसीले ५० लाखको मेडिकल भवन बनाइदिने, १० लाख सहयोग

Banner

चितवन,माघ २४-

चितवनको रामपुरमा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवन मेडिकल कलेज ५० लाख बराबरको मेडिकल सेन्टर भवन बनाइदिने भएको छ ।  सीएमसीले नगद १० लाख रुपैयाँ समेत प्रदान गरेको छ । मेडिकल कलेजका प्रमुख सञ्चालक प्रा.डा.हरिशचन्द्र न्यौपानेले रंगशालालाई आर्थिक सहयोग जुटाउन आयोजित धनधान्याचल महोत्सवमा सो सहयोगको घोषणा गरेका हुन् ।

धुर्मस सुन्तली फाउण्डेशनले गरेको डिजाइन अनुसार मेडिकल सेन्टर भवन बनाइदिने डा.न्यौपानेल बताए । क्रिकेट रंगशालामा आउने खेलाडी, आवासीय रुपमा प्रशिक्षण लिने खेलाडी तथा स्थानीय समुदायका बिरामीलाई समेत लक्षित गरी सिएमसी मेडिकल सेन्टर स्थापना गरिने उनले बताए ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेबाट चलिरहेको धनधान्याचल महोत्सवमा अहिलेसम्म ८ करोडभन्दा बढी रकम उठेको आयोजक समितिका संयोजक सांसद विजय सुवेदीले जानकारी दिए । माघ २६ गतेसम्म चल्ने महायज्ञबाट ५० करोड उठाउने लक्ष्य आयोजकले लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>