स्वास्थ्य
आँखाका लागि हानिकारक हुन सक्छ यी गल्ती

एजेन्सी, मंसिर२४-
आँखाको हेरचाहमा विशेष ध्यान पुर्याउनु आवश्यक छ । थोरै लापरवाहीले पनि आँखालाई ठूलो हानी पुर्याउन सक्छ ।
कम्प्युटरमा काम गर्दा
लगातार कम्प्युटरमा काम गर्दा, मोबाइल चलाउँदा आँखाका लागि असहजता महसुस हुन्छ । मानिसले औसतमा आँखा १२–१५ पटक झिम्काउने गर्छन तर कम्प्युटरमा काम गर्दा आँखा केवल ४–५ पटक मात्र आँखा झिम्काउने गर्छन् । धेरै लामो समय काम गर्दा ड्राई आई सिन्ड्रोम, आँखा चिलाउने जस्ता समस्या देखा पर्छन् ।
कम्प्युटरमा लगातार काम गर्दा आँखाबाट पानी निस्कने समस्या हुन्छ, आँखा नझिम्काउँदा ल्युब्रिकेन्ट राम्रोसँग आँखा फैलन सक्दैन जसले आँखा विभिन्न समस्याहरु देखिन्छ ।
लामो समय मोबाइल चलाउँदा
मोबाइल, कम्प्युटरमा आँखाले सीधा हेर्दा सबैभन्दा बढी हानिकारक हुन्छ । कम्प्युटर,मोबाइल र आँखाको दुरी कम हुन्छ, आँखाको मुभमेन्ट कम हुन्छ । आँखा लामो समयसम्म एउटै मुभमेन्टमा फोकस हुन्छ । मोबाइल र कम्प्युटर अत्याधिक प्रयोग गर्ने मानिसमा ड्राई आई सिन्ड्रोम देखिन्छ ।
धूम्रपान आँखाका लागि हानिकारक
धूम्रपानले मानिसको आँखालाई समेत असर पुर्याउँछ । चुरोटमा करिव ४००० केमिकल्स हुन्छन्, जो शरीर भित्र गएर अन्य अंगसँगसँगै आँखामा पनि हानी पुर्याउँछन् । धेरै चुरोट पिउँदा आँखामा रातो दाग हुनुका साथै आँखा सम्बन्धी अन्य रोगहरु पनि लाग्न सक्ने सम्भावना हुन्छ ।
अध्याँरोमा पढ्दा
अध्ययन गर्दा प्रयाप्त रुपमा उज्यालो नहुँदा पनि अाँखाकाे विरामी हुने जोखिम हुन्छ । थोरै उज्यालोमा पढ्दा आँखाका लागि हानिकारक हुन्छ । उज्यालो कम हुँदा नजिक र टाढाको दृष्टिमा फरक पर्छ । नजिक भएका वस्तुमा आँखा बढी फोकस हुन्छ, यो आँखाको लागि हानिकारक हुन्छ ।
























