स्वास्थ्य

नेपालले चीनलाई दियो एक लाख मास्क

Banner

काठमाडौं, माघ २४-

नोवेल कोरोना भाइरससँगको लडाइँमा रहेको चीनलाई नेपालले एक लाख प्रोटेक्टिभ मास्क सहयोग गरेको छ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई मास्क प्रदान गरेका हुन्।

परराष्ट्र मन्त्रालयले चीनसँगको मित्रताका स्वरूप एक लाख प्रोटेक्टिभ मास्क प्रदान गरेको जनाएको छ।

बिहीबार बालुवाटारमा बसेको बैठकमा चीनलाई मास्क सहयोग गर्ने निर्णय भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>