स्वास्थ्य
कोरोना भाइरस : मृतकको संख्या ५६५ पुग्यो, २८ हजार संक्रमित
०

बेइजिङ, माघ २३—
चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण बुधबार मात्रै चीनमा थप ७३ जनाको मृत्यु भएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । त्यस्तै फिलिपिन्स र हङकङमा एक–एक जना गरी जम्मा ५६५ को मृत्यु भएको छ ।
बुधबार मात्रै थप ३ हजार ६ सय ९४ मा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् । चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या २८ हजार १८ पुगेको छ ।
मंगलबार कोरोना भाइरसका कारण ६५ जनाको मृत्यु भएको थियो । मंगलबारको तुलनामा बुधबार संक्रमितको संख्या घटे पनि मृतकको संख्या भने बढेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























