रोचक

यी हुन् सबैभन्दा धेरै सुन भएका देशहरु, अमेरिका पहिलो स्थानमा

Banner

चितवन, माघ२३-

प्राय हिन्दु राष्ट्रहरुमा सुनको प्रयोग ज्यादा गरिन्छ । सुनको प्रयोग विभिन्न साँस्कृतिक कार्यक्रममा समेत गर्ने गरिन्छ ।

बजारमा सुनको मुल्य तलमाथि हुँदा विश्व बजारमा यसको असर ठुलो नै देखिन्छ ।

सुन व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ । विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डारण रहेको छ । यी देशहरु विश्वमा सबैभन्दा धेरै सुन रहेका देशहरु हुन्:

अमेरिका : यो देश विश्वमा सबैभन्दा धेरै सुन भण्डारण रहेको देशको सूचिमा पहिलो नम्बरमा छ । अमेरिकासँग ८ हजार १३३ दशमलब ५ टन सुन रहेको छ ।

जर्मनी : सबैभन्दा धेरै सुनको धनी रहेको मुलुकको दोश्रो स्थानमा जर्मनी रहेको छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार जर्मनीको स्वामित्वमा ३३ सय ८१ टन सुन रहेको छ । जर्मनी सबैभन्दा धेरै सुन रहेको युरोपेली मुलुक पनि हो ।

इटाली : सबैभन्दा धेरै सुन रहेको मुलुकको तेश्रो स्थानमा रहेको इटालीसँग २४ सय ५२ टन सुन रहेको छ ।

फ्रान्स : ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको चौथो स्थानमा फ्रान्स रहेको छ । फ्रान्ससँग २४ सय ३६ टन सुन रहेको छ ।

चीन : छिमेकी मुलक चीन विश्वमा सबैभन्दा धेरै सुन रहेको मुलुकको पाँचौ स्थानमा रहेको छ । विश्व सुन परिषदका अनुसार चीनसँग १७६२ टन सुन रहेको छ ।

रुस : क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो मुलुक रुस सुनको मामिलामा चाहीँ छैटौँ स्थानमा रहेको छ । रुससँग १३ सय ९३ टन सुन रहेको छ ।

स्विजरल्याण्ड : युरोपेली मुलुक स्विजरल्याण्ड बढि सुन रहेको देशको सूचिमा सातौँ स्थानमा रहेको छ । स्विजरल्याण्डसँग १०४० टन सुन रहेको छ ।

जापान : आठौँ स्थानमा रहेको जापानसँग ७६५ टन सुन रहेको छ । जापानसँग सन् १९५० मा केवल ६ टनमात्र सुन थियो ।

नेदरल्याण्ड : ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको नवौँ मुलुक नेदरल्याण्ड हो । जहाँ ६१२ टन सुन रहेको छ ।

भारत : ढुकुटीमा सुन रहेको मुलुकको दशौँ स्थानमा भारत रहेको छ । भारतसँग ५५७ दशमबल ७ टन सुन रहेको छ । रोचक त के भने भारत सरकार सँग आधिकारिक रुपमा रहेको सुनको परिमाण भन्दा भारतका जनता तथा मन्दिरहरुमा रहेको सुनको परिमाण धेरै छ ।

-एजेन्सीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>