चितवन विशेष

सेन्ट्रल कलेजलाई शतप्रतिशत सिओई सफलता

Banner

चितवन, माघ २२–

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियापछिको विद्यार्थीको रोजाईमा पर्ने देश हो जापान । जापान जान चाहने नेपाली विद्यार्थीहरुको संख्या बढ्दो छ । सोही देशमा गएर उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरुका लागि छुट्टै पहिचान बनाउन सफल सेन्ट्रल कलेज एण्ड भोकेसनल ट्रेनिङ प्रा.लि.ले अप्रिल इनटेक २०२० को भिजा प्रक्रिया मध्ये शतप्रतिशत सिओई हासिल गरेको छ ।

जापानको ‘नागासाकी इन्ष्टिच्यूट अफ एप्लाईड साईन्स’मा गरेको भिजा प्रक्रियामा शतप्रतिशत सिओई हासिल गरेको कलेजका प्रिन्सिपल यज्ञविलास (वाईबी) पौडेलले जानकारी दिए । पौडेलले भने–‘सही परामर्श र हाम्रो मेहनतले सफलता मिलेको हो, यसमा विद्यार्थीहरुको झनै महत्वपूर्ण योगदान छ ।’ जापानमा पढाईसंगै काम गर्न पाउने सुविधाले पनि नेपाली विद्यार्थीहरुको रोजाइमा जापान पर्दै आइरहेको छ ।

सेन्ट्रल कलेजमै जापानी भाषा अध्यापन गराउँदै आएका प्रशिक्षक साईटो सिगेरु भन्छन्–‘जापानमा शिक्षासंगै रोजगारीको अवसर भएकाले नेपाली विद्यार्थीहरुमो जापान जाने उत्साह देख्छु, यसले नेपाली विद्यार्थीहरुलाई शिक्षासंगै आम्दानीको स्रोत बनेको छ ।’ जापान जाने विद्यार्थीहरुले जापानमा न्यूनतम १ वर्षको जापानी भाषा उत्तीर्ण गरेपछि आफ्नो रुचि अनुसारको विश्वविद्यालय तथा कलेजमा पढ्न जान पाउँछन् । विद्यार्थीहरूले वर्किङ भिसा पाएपछि राम्रो आम्दानी गर्न सक्छन् ।

जापानमा रहेका स्कुल तथा विश्वविद्यालयले वर्षमा चार पटक भर्ना लिने गरेका छन् । ‘जनवरी, अप्रिल, जुलाई र अक्टोबर गरी चार वटा इन्टेक हुन्छन् । अप्रिल र अक्टोबर इन्टेकका लागि सबैभन्दा बढी चाप हुने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>