स्वास्थ्य
चीनमा कोरोना भाइरसको कहर : ४९१ जनाको मृत्यु, नेपालीलाई स्वदेश फर्काउने तयारी पूरा
०

काठमाडाैं, माघ २२-
कोरोना भाइसका कारण चीनमा मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार ६५ जनाको मृत्यु भएको छ ।
चीनस्थित नेपाली दूतावासले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी पूरा भएको जनाएको छ ।
चीनमा गर्नुपर्ने सबै काम पूरा भएको र अब नेपालमा राख्ने ठाउँको टुङ्गो लगाएर जानकारी गराएपछि नेपालीलाई फर्काउने काम थालिने दूतावासले जनाएको हो ।
चीनबाट फर्कने नेपालीलाई खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्र वा पाँचखालको शान्ति कार्य तालिम केन्द्रमा राख्ने तयारी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
चीनको हुबेई प्रान्तसहित विभिन्न ठाउँबाट १ सय ८० नेपालीले स्वदेश फर्कन आवेदन दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























