चितवन विशेष

चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १६ लाख लिटर पानी अट्ने ड्रेन निर्माण पूरा

Banner

चितवन, माघ२१-

चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ड्रेन निर्माण पूरा भएको छ ।

दुई मिटर चौडाई रहेको ड्रेनको भित्री उचाई २.३७ मिटर र बाहिरी उचाई ३.२७ मिटर रहेको छ । डेढ महिनामा उक्त ड्रेन निर्माण सम्पन्न भएको अभियान्ता सीताराम कट्टेल (धुर्मुस)ले बताएका छन् ।

४७१ मिटर परिधिको १६ लाख लिटर पानी अट्ने क्षमताको ड्रेन निर्माण पूरा भएको अभियान्ता कट्टेलले बताएका छन् ।

निर्माणाका लागि आवश्यक सहयोग गरिदिन पनि उनले आग्रह गरेका छन् । सहयोग गरेर रंगशालाको निर्माणको अपनत्व ग्रहण गरिदिन आग्रह गर्दै उनले निर्माण सामग्री कम्पनीहरुसँग सहयोगको अपेक्षा गरेका छन् ।

रंगशालामा आइतबारदेखि धनधान्याचल महोत्सव सुरु भएको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड उठाउने लक्ष्य रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>