स्वास्थ्य

उपल्लो डोल्पामा झाडापखाला समस्या

Banner

जाजरकोट,माघ २१-

उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् ।

चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् । डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखापरेको हो । परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आइएको जनाइएको छ ।
दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका डोल्पोबुद्ध गाउँपालिका वडा नं ३ का वडा सदस्य लाप्कातेण्डुप लामाले जानकारी दिए । उनले स्वास्थ्यकर्मी पठाउन र उपचारको पहल गर्न आग्रह समेत गरे।

गत मङ्सिर महिनामै औषधिको माग गरे पनि अहिलेसम्म नपाएको यहाँका स्थानीय तहले बताएका छन् । दैनिक भाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको र औषधि नहुँदा थप समस्या हुँदै गएको बताइएको छ । हिउँले ढाँकेको यहाँका बस्तीका बिरामीको उपचार गर्न नै सकस भएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>