स्वास्थ्य
कोरोनाभाइरस: मृतकको संख्या ४ सय २६ पुग्यो
०

एजेन्सी, माघ२१-
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमबार साँझसम्म चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ । त्यस्तै फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो ।
सोमबार मात्रै थप दुई हजार ३ सय ४५ मा कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।
चीनमा मात्रै २० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ । हुबेईमा मात्रै १० हजार ९ सय ९० जना अस्पताल भर्ना भएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।
सोमबारसाँझसम्म चीनमा मात्रै २० हजार ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ। चीनबाहिर विश्वका विभिन्न मुलुकमा करिब १८० व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।
नयाँ कोरोनाभाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्य बजारबाट फैलिएको अनुमान गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























