क्रिकेट

क्रिकेट रंगशाला महायज्ञमा पहिलो दिनमा ६६ लाख बढी संकलन

Banner

चितवन, माघ २०-

चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन आयोजना गरिएको धनधान्याचल महोत्सवमा साँढे ६६ लाख भन्दा बढी रकम संकलन भएको छ ।

आइतबारबाट सुरु भएको धनधान्याचल महोत्सवको दोस्रो दिन आज ६६ लाख ५६ हजार १५७ रुपैँया संकलन भएको मुल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिए । महोत्सवको दोस्रो दिन आज कलेज अफ मेडिकल साइन्सेसका प्रा डा भीनटराज प्रसादबाट २० लाख रुपैयाँ सहयोग प्राप्त भएको संयोजक सुवेदीले जानकारी दिए । यस्तै भरतपुर २२ निवासी जीवनराज कँडेलले १५ लाख ११ हजार १११ रुपैँया सहयोग गरेको उनले बताए।

आज नै मूल आयोजक समितिका महासचिव समेत रहेका भरतपुर १२ निवासी दिनेश कुमार र सन्ध्या लक्ष्मी चुकेको तर्फबाट १० लाख सहयोग प्राप्त भएको उनले बताए । यस्तै भरतपुरका अरुण श्रेष्ठ, काठमाडौंका चन्द्र खड्की र रविन्द्र कसजुबाट समान ५\५ लाख प्राप्त भएको छ ।

एनआरएन जापानबाट तीन लाख, होटल व्यवसायी संघ एवम् होटल गंगोत्रीबाट एक लाख ११ हजार १११, कृष्ण घिमिरेबाट एक लाख दुई हजार ६००, भरतपुर ९ का नेत्र प्रसाद गैरेबाट ५१ हजार, भरतपुर ४ का छविलाल ढकालबाट ५० हजार र भरतपुर १५ फुलबारी स्थित सिर्जनशील आमा समूहबाट ३० हजार ३३५ प्राप्त भएको छ । यस्तै आज भरतपुर २४ धुर्बकी ९४ वर्षीय खिला कुमारी गोदारसँगै अन्य भक्तजनहरुले तुलादान गरेको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिइन् ।

यसैबीच रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चल महोत्सवमा आउने भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै आयोजकले धनधान्याचल परिसरको १० किलोमिटर वरपर निःशुल्क यातायातको व्यवस्था गरेको यातायात व्यवस्थापन उपसमितिका संयोजक बद्रीप्रसाद पौडलले जानकारी दिए । यस्तै चितवन बाहिरका जिल्लाबाट आउने भक्तजनलाई मध्यनजर गर्दै होटल व्यवसायी संघ चितवन तथा रेष्टुरेण्ट व्यवसायीहरुले आवासमा ३० प्रतिशत र खानामा १० प्रतिशत छुट दिने निर्णय गरेको आवास व्यवस्थापन उपसमितिका संयोजक शर्मिला न्यौपानेले जानकारी दिईन् ।

यस्तै आज चर्चित लोकदोहोरी गायक पशुपति शर्माले संगीतिक प्रस्तुति समेत दिएका थिए । ५० करोड संकलनको लक्ष्यसहित आयोजित महोत्सवमा वाचन प्रविण दिनबन्धु पोखरेलले कथा प्रवाचन गरिरहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवमा आज भक्तजनहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । मंगलबारबाट भक्तजनहरुको उपस्थिति र आर्थिक संकलन पनि बढ्ने आयोजकले जनाएको छ । करिब तीन अर्ब लागतमा दुई वर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>