क्रिकेट
चितवनको रामपुरमा कलशयात्रा सुरु, मह जोडी र २१ राष्ट्रिय खेलाडीले महायज्ञको उद्घाटन गर्दै
०

चितवन, माघ १९-
चितवनको रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सुरु हुने महायज्ञको उद्घाटनअघि कलश यात्रा सुरु भएको छ ।
जसमा चितवनका हरेक टोल तथा विभिन्न संघसंस्थाबाट हजारौँ नागरिक सहभागी बनेका छन् । अहिले भर्खरै मंगलपुर बजारबाट सुरु भएको शोभायात्रा गाविसचोक हुँदै रंगशाला स्थित धनधान्याचलमहोत्सव परिसर पुग्दै छ । अहिले केही बेरमा देशका २१ जना राष्ट्रिय खेलाडीहरुले स्विच दबाएर महायज्ञको उद्घाटन गर्दे छन् । त्यसैगरी चर्चित कलाकारहरु हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ पनि चितवनको रामपुर पुगेका छन् । २६ गतेसम्म चल्ने धनधान्याचल महोत्सवमा मह जोडीले दीपप्रज्वलन गरेर उद्घाटन गर्ने मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























