क्रिकेट

ईपीएलका लागि अफगानिस्तानका चर्चित खेलाडी सहजाद चितवन टाइगर्समा अनुबन्ध

Banner

चितवन, माघ १५

एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२० का लागि पहिलो विदेशी खेलाडीको रुपमा मोहम्मद साहजादलाई चितवन टाइगर्सले भित्र्याएको छ ।

चितवन टाइगर्सले आज विज्ञप्ति जारी गरेर सो बारेमा जानकारी गराएको हो । विज्ञप्तिमा जनाइए अनुसार अफगानिस्तानका विस्फोटक ओपनिङ ब्याट्स म्यान एवम् विकेट किपर साहजादसँग अवुधावी ट्वेन्टी २०, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिगमा खेलेको अनुभव छ । उनीसँग एकै दिनमा ट्वान्टी–२० अन्तर्राष्ट्रियस्तरमा दुई अर्धशतक प्रहार गरेको युनिक कीर्तिमान छ । उनले २०१७ को जनवरीमा बिहान ओमानसँग सेमिफाइनलमा र साँझ आयरल्यान्डसँग फाइनलमा अर्धशतक बनाउँदै अफगानिस्तानलाई दुबईमा डिजर्ट ट्वान्टी–२० च्यालेन्जको उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए । ३३ वर्षे साहजादले अफगानिस्तानबाट २ टेस्ट, ८४ वानडे इन्टरनेशनल र ६५ टवेन्टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । फस्र्ट क्लास क्रिकेटमा उनको ब्याटिङ औषत ५० भन्दा माथि छ । उनले सबै फरम्याटमा गरी १३ हजारभन्दा बढी रन बनाएका छन् । एक समय विश्व क्रिकेट लिग डिभिजन ५ मा रहेको अफगानिस्तानलाई वानडे अन्तर्राष्ट्रिय र टेस्ट मान्यता दिलाउन साहजादको ठूलो भूमिका रहेको थियो ।

 

चितवन टाइगर्सले हालै मात्र ट्रेडमार्फत नेपाली राष्ट्रिय टोलीकाअलराउन्डर सोमपाल कामीलाई लिएको विज्ञप्तिमा उल्लेख छ । साथै चितवन टाइगर्सको टोलीमा रहेका फास्ट बलर कमलसिंह ऐरी राष्ट्रिय टोलीमा पर्न सफल भएको जनाइएको छ । चितवन टाइगर्समा दिलीपनाथ, ललितसिंह भण्डारी, सन्दीप सुनार, भिम सार्की, इशान पाण्डे, साहवआलमलगायतका खेलाडी छन् । ‘हाम्रो लामो समयको प्रयास र साहजाद पनि आफै आएर खेल्न इच्छुक भएपछि हामी सहमतिमा पुगेका टाइगर्सले जनाएको छ । साहजादको आगमनले चितवन टाइगर्सको ब्याटिङमा नयाआयामदिने विश्वास टाइगर्सको छं । साथै साहजादको आगमनले हाम्रो टोलीका खेलाडीलाई राम्रो अनुभव दिने टिमको विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>