रोचक

यी युवतीहरु तपाईका लागि योग्य होइनन्

Banner

चितवन, १५ माघ-

एक अटुट विश्वास र प्रेमले भरिपूर्ण जीवन कसको पो चाहना हुँदैन होला र ? हुन त हर कोहीको जीवनमा कुनै एक समय एक भावनात्मक सम्बन्ध आवश्यक हुन्छ ।

तर हामीलाई अक्सर हामी कस्तो मानिससँग जोडिएका छौँ भन्ने कुराले सताउने गर्छ । किनकी कुनैपनि सम्बन्ध राम्रो हुन दुवैको समान भूमिका र जिम्मेवारी रहेको हुन्छ ।

१. अनावश्यक हक जमाउने : हरेक मानिसको व्यक्तिगत जीवन फरक फरक हुन सक्छ । त्यसैले तपाइको जीवनसाथीले यदि तपाइका अन्य साथीभाइसँग घुम्ने, रमाउने समयसँग रिसराग गर्ने, वा अनावश्यक हक जमाउने गर्छिन् भने यसले पनि द्धन्द्ध सृजना गर्छ ।

२. अनियमितता : यदि तपाइसँग उनी अनियमित छिन् भने विचार गर्नुपर्ने हुन्छ । जस्तै, यदि तपाइको फोन कल्स वा मेसेजहरुकाे ठीक ढंगले प्रतिउत्तर आउँदैन भने सम्झनुस् सायद उनीमा तपाइप्रतिको लगाव कम भएको छ । यदि यसो हो त कृपया खुशी खुशी आँफै टाढा रहनुस् । कहिल्यै पश्चाताप हुने छैन ।

३. अरुसँगको उनको व्यवहार : यदि तपाइको कोही आफन्त साथी वा क्याफेमा काम गर्ने मान्छे आदिसँग उनको व्यवहार कस्तो छ भन्ने कुराले पनि सम्बन्धमा ठूलो माने राख्दछ । यो दुवैको कुरामा लागू हुन्छ । मतलब मानवीय स्वभाव आवश्यक छ कुनै सम्बन्ध अघि बढाउन ।

४. सबैमा अधिकार जमाउनु : विशेष अवसर बाहेक अन्य बेलामा पनि केही वस्तु वा घुम्न जाने कुराको निम्ति कुनै पनि हालतमा उनलाई पहिलो प्राथामिकता दिनै पर्छ भने यो पनि सुखदायक लक्षण होइन । किनकी सम्बन्ध भनेको दुईवटा चालकले चलाएको एउटै गाडी हो । कहाँ सम्म लाने भन्ने निर्धारण नितान्त दुवैको आनीबानी र भावनाले गर्छ ।

५. नकारात्मक तार्किकता : तपाइ जति धेरै माया गर्नुस् । वा ख्याल गर्नुस् तर त्यो व्यक्तिले तपाइका हरेक प्रयासहरुलाई नकारात्मक ढंगले व्याख्या अपव्याख्या गर्छ भने त्यस्ता मान्छेलाई तपाइको जीवनबाट सँधैका लागि टाढै राख्नुस् ।

६. भविष्यको साझा लक्ष्य धेरै फरक भए : दीर्घकालीन सम्बन्धको बारेमा कुरा गरिरहँदा यदि दुवै जनामा कम्तिमा न्युनतम साझा लक्ष्य हुन आवश्यक छ । यदि तपाइ मेडिटेसन सेन्टर चलाउने योजनामा हुनुहुन्छ तर आफ्नो पार्टनरले चाँहि वियरको डिलर खोल्ने सोच बनाउँछ भने यसले सम्बन्धमा तित्तता जरुर पैदा गर्दछ । गम्भीर बन्नुस् किनकी जीवनका केही साधारण कुराहरु पनि मिल्न सकेन भने अलमल र दुःखदायी बन्नेछ । यदि यस्तो स्थिति छ भने यो जालोमा नफस्नुस् ।

जीवनको अन्त्य त्यतिखेर हुन्छ जब हामी रुपान्तरण वा परिवर्तन स्वीकार्दैनौँ । तर आफूले आफ्नो कमी कमजोरी पहिचान गरेर त्यसलाई सुधार्ने तर्फ ध्यान लगाएर जीवनको सुनौलो क्षितिज निर्माण गर्ने हामीसँग सँधै यो विकल्प बाँकि रहेको हुन्छ ।

७. प्रशंसा नगर्ने स्वभाव : यदि तपाइ एक वफादार प्रेमी हुनुहुन्छ भने तपाइ सधैँ केही न केही आफ्नो मान्छेको लागि गरिरहनुभएको हुन्छ । त्यस्तै तपाइको आफ्नै उन्नति प्रगति, शिक्षामा सफलता आदि कुराले आउँदो सम्बन्धमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ । यी केही पनि कुराहरुमा यदि उनले तपाइको प्रशंसा गर्दिनन् भने तपाइले अरु कोही भेट्नुहुनेछ जो तपाइको मेहनत प्रति कृतज्ञ होस् ।

८. सशर्त प्रेम : त्यस्तै अर्काे लक्षण जसले सम्बन्धलाई दरार बनाइरहेको हुन सक्छ, त्यो हो स्वार्थगत अथवा सशर्त प्रेम । यदि तपाइको प्रेमी वा पार्टनर केवल केही प्राप्तिको आशाले मात्रै जोडिएको छ, वा खुशी छ भने त्यो वास्तवमा तपाइको प्रभावले होइन बल कि तपाइद्धारा तत्कालीन स्वार्थ पुर्ति गर्न हुनसक्छ जुन कुराले चिरस्थायी सम्बन्धको जग भत्काउने कार्य गर्छ ।

एजेन्सीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>