खैरहनी

खैरहनी नगरस्तीय युवा सञ्जालको अध्यक्षमा लामिछाने

Banner

चितवन, माघ १४-

खैरहनी नगरपालिकाले नगर भित्र रहेका युवालाई समेटेर नगरस्तरीय युवा सञ्जाल गठन गरेको छ ।

मंगलबार नगरपालिकामा भएको युवाको भेलाबाट सञ्जालको ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । जसको अध्यक्षमा आतिश लामिछाने रहेका छन् । उपाध्यक्षमा अस्मिता सापकोटा, सचिवमा मनिष बस्नेत, कोषाध्यक्षमा स्मृति अधिकारी र सहसचिवमा सुजाता नेपाल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सक्षम सुवेदी, अन्जु प्रजा, अर्पना पाठक, अप्सरा महतो, निराजन खनाल र सम्साद आलम रहेका छन् । नवगठित कार्यसमितिले नगरभित्र रहेका युवालाई रचनात्मक काममा परिचालन गर्न भूमिका खेल्ने नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले बताए । पौड्यालका अनुसार युवाले नगरको नीति कार्यक्रममा रहेर विकास निर्माणको काममा सघाउने, लागूऔषध दुव्र्यसनबाट युवाहरुलाई जोगाउने खालका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले युवा सञ्जाल गठन गरिएको हो । युवा सञ्जाल गठनको भेलामा वडाध्यक्षहरु रामशरण पाण्डे, टिकादत्त इटनी, मनेजर महतो, टेकबहादुर थापा क्षेत्री, टिकाराम तिमल्सिनासमेतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>