खैरहनी

खैरहनीमा सुरक्षित मातृत्वसम्बन्धी अभिमुखीकरण

Banner

चितवन, माघ १४-

पूर्वीचितवनको खैरहनीमा आज सुरक्षित मातृत्वसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

खैरहनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा टोल विकास संस्था तथा महिला स्वास्थ्य आमा समूहका पदाधिकारीहरुका लागि सो कार्यक्रम गरिएको हो । कार्यक्रममा खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले प्रजनन् स्वास्थ्यमा पुरुषमा पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिइन् ।

स्वास्थ्य सबल भएमात्रै हरेक कुरा सम्भव हुने भन्दै उपप्रमुख थपलियाले महिलाको प्रजनन् स्वास्थ्यमा पुरुषको दायित्व उत्तिकै हुने बताइन् । संस्थागत सुत्केरी गराउन जनचेतना जनाउनु, स्वास्थ्य आमा तयार पार्नु, आमा तथा भ्रुणको स्वास्थ्य सुधार ल्याउनु, मातृ तथा शिशु मृत्युदर कमी गरी उच्चतम स्वास्थ्य प्राप्त गर्न जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले जानकारी दिए । अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बाल स्वास्थ्य तथा किशोर स्वास्थ्य, नगरपालिकाकी समुदाय नर्सिङ अधिकृत पूजा गिरीले सुत्केरी अवस्था, नवजात शिशु स्याहार र उत्तर प्रसुति सेवा तथा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीका अनमीहरु दुर्गा निरौला र लक्ष्मी शर्माले गर्भावस्थाकाबारे सहजीकरण गरेका थिए ।

नगर उपप्रमुख सुनिता थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवम् खैरहनी–७ का वडाध्यक्ष मनेजर महतोलगायतले मन्तव्य राखेका थिए । सुरक्षित मातृत्वका लागि संस्थागत सुत्केरी गराउनुपर्ने हुँदा हालसम्म खैरहनीको वडा नम्बर १, ५, ७, ८ र १२ लाई संस्थागत सुत्केरी वडा घोषणा गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>