खैरहनी

खैरहनीका वडा सदस्य सुवेदीको निधन

Banner

चितवन, माघ १२-

खैरहनी नगरपालिका वडा नम्बर ३ का वडा सदस्य तोयानाथ सुवेदीको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित सुवेदीको शनिबार अपरान्ह निधन भएको वडा अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । उनको आफ्नै निवासमा निधन भएको हो । वडा सदस्य सुवेदीको निधनमा आइतबार एक दिन खैरहनी नगरपालिका र नगरपालिका अन्र्तगतका सबै वडा कार्यालयको सेवा बन्द गरिएको छ ।

आज बिहान खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीको अध्यक्षतामा बसेको कार्यपालिकाको आकस्मिक बैठकले एक दिन कार्यालय र यस अन्र्तगतका वडा कार्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डे जानकारी दिए । नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगरपालिकाले क्षमा पनि मागेको छ । साथै खैरहनी ३ को वडा कार्यालयमा तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने समेत निर्णय भएको छ । यसैगरी खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले शोक वक्तव्य जारी गर्दै वडा सदस्य सुवेदीको निधन प्रति समवेदना प्रकट गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>