खेलकुद
चितवनमा रग्वी खेलको दुई दिने वर्कशप सुरु
०

चितवन माघ १२-
भरतपुरको लिटिल स्टार बोडिङ्ग स्कुलले दुई दिने रग्वी खेलको वर्कशप सुरु गरेको छ ।चितवन वारियस् रग्वी क्लवको सहकार्यमा स्कुलले २ दिने रग्वी वर्कशप आयोजना गरेको हो ।
रग्वी खेलको विकास र प्रचार गर्ने उद्देश्यले वर्कशप सुरु गरेको लिटिर स्टार बोडिङ्ग स्कुलका प्रिन्सीपल सुमन पौडेलले जानकारी दिए ।
वर्कशपमा चितवनका ११ वटा स्कुल र कलेजका ४० बढि शिक्षकरविद्यार्थी सहित काठमाडौँको २० खेलाडीहरुको सहभागीता रहेको छ ।
वर्कशपमा राष्ट्रिय प्रशिक्षक विनोद तमाङ्ग र टंकराज गिरी संगै जापानका प्रशिक्षक ताईसुके मियाओले प्रशिक्षण दिनेछन्।भरतपुर ७ मा रहेको कृष्णपुर खेलमैदानमा संचालित वर्कशपको त्यसै वडाका वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले उद्धघाटन गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























