चितवन विशेष

एक्सपर्टको सेमिनारमा ५०० बढी विद्यार्थी सहभागी

Banner

चितवन, माघ ९

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले आज गरेको ‘ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनार’ मा ५०० बढी विद्यार्थीहरु सहभागी भएका छन् ।

भरतपुर गार्डेन रिसोर्टमा भएको सो सेमिनारमा चितवनका विभिन्न क्याम्पस तथा उच्च माविका विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । सो सेमिनारमा अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजबाट आएका प्रतिनिधिसँग प्रत्यक्षरुपमा विद्यार्थीलाई अन्तरक्रिया गर्ने व्यवस्था मिलाइएको थियो । सेमिनारमा अस्ट्रेलियाको शैक्षिक प्रणाली, त्यहाँको जनजीवनलगायत अन्य धेरै कुराहरुको बारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीको लागि भनेर एक्सपर्टले बर्सेनि तीन पटक यस्तो सेमिनारको आयोजना गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>