चितवन विशेष

देवघाटधाममा वृहत् सफसफाइ

Banner

चितवन, माघ ६-

मेला चाडपर्वमा थुप्रिएको देवघाटधाम क्षेत्रको फोहर आज वृहत् सरसफाइ गरिएको छ ।

युथ क्लब नारायणगढको आयोजनामा देवघाटधामको चितवन तर्फको स्थानमा सरसफाइ गरिएको हो । मेलामा आएका भक्तजनहरुले बिर्सजन गरेका विभिन्न फोहोरलाई संकलन गरी उचित स्थानमा राखिएको युथ क्लब नारायणगढका उपाध्यक्ष शालिग्राम नेपालले जानकारी दिए ।

देवघाट क्षेत्र विकास समितिको आव्हानमा युथ क्लब नारायणगढले गरेको कार्यक्रममा, स्थानीय समुदाय, सीताराम संस्कृत माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, प्रहरी, इलाइट ग्रुप, वाग्लुङ कालिका फोर्सलगायतको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले सरसफाइ कुनै संस्थाले नभई व्यक्ति आफै जागरुप हुनुपर्ने बताए ।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष डाक्टर गुरुप्रसाद सुवेदी, क्बलका पूर्वअध्यक्ष सुरेश श्रेष्ठ, निवर्तमान अध्यक्ष भगवानकुमार जोशीलगायतको सहभागिता रहेको थियो । करिब २०० जना सहभागी भएको कार्यक्रमबाट दुई टन फोहोर संकलन भएको आयोजक संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । मेलामा आउने भक्तजनले फोहोर हुने सामग्री प्रयोग नगर्न र तोकिएको स्थानमा मात्र फोहोर फाल्न देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । धार्मिक स्थान कुनै एक व्यक्ति नभई सबैको भएकाले यहाँ फोहोर नगरी दिन हुन क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले अनुरोध गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>