अन्तर्राष्ट्रिय
कुहिरोले रुसको सडकमा एकैसाथ २५ कार दुर्घटना
०

मस्को, माघ ४ –
रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
देशको उत्तरी कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार ती कारहरु दुर्घटनामा परेका आपतकालिन मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । कुहिरो तथा तुसारोका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थप विवरणका लागि घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । रासस÷सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























