अर्थ

नेपो फर्निचरको एक्सचेन्ज अफर, पुरानोसंग नयाँ साट्न पाइने

Banner

चितवन,माघ ४-

चितवनको नारायणगढमा रहेको नेपो फर्निसिङ इन्डस्ट्रीजले एक्सचेन्ज अफर ल्याएको छ । अफर अन्तर्गत जुनसुकै कम्पनीका पुरानो फर्निचरसंग नयाँ नेपो ब्राण्डका फर्निचर साट्न पाइनेछ । आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर इन्डस्ट्रीजले अफरका बारेमा जानकारी दिएको हो ।

माघ १८ देखि फागुन ४ गतेसम्म (पन्ध्र दिन) अफर संचालन हुने नेपो फर्निसिङ इन्डस्ट्रीजका महाप्रबन्धक सुर्य कँडेलले जानकारी दिनुभयो । उहाँले ग्राहकको माग र सेवालाई मध्यनजर गर्दै अफर संचालन गरेको बताउनुभयो ।

‘ग्राहकसंग भएको फर्निचर जुन पुरानो र उपयोगिता पनि कम भएर बसेको छ, त्यसको उचित मुल्याङकन गरी हामीले खरिद गर्नेछौं,उहाँले भन्नुभयो’,नयाँ फर्निचर हामी ग्राहकलाई उपलब्ध गराउनेछौं ।’ एक्सचेन्जमा जुनसुकै ब्राण्डका फर्निचर साट्न सकिने उहाँले बताउनुभयो । ग्राहकसंग रहेका हरेक स्टील र काठका फर्निचरहरुको उचित मुल्याङ्कन गर्ने कँडेलको भनाई छ ।

ग्राहकले आफ्नो पुरानो फर्निचरको फोटो खिचेर अथवा अनलाइन मार्फत मुल्याङकन गराउन सक्नेछन् । ‘एक्सचेन्ज मार्फत आउने हरेक सामान हामी गरिब र विपन्न नागरिकलाई दिनेछौं, कँडेलले भन्नुभयो,सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले यो अफर ल्याएका हौं ।’ उहाँले समाजको हितका निम्ती खोलिएका कपडा बैंक, पुस्तक बैंक जस्तै फर्निचर बैंक स्थापना गर्ने योजना रहेको सुनाउनुभयो ।

२०५० सालमा नारायणगढको मेनरोडमा स्थापना भएको नेपो फर्निसिङ इन्डस्ट्रीजले चितवन र आसपासका जिल्लामा आफ्ना उत्पादन विक्री गर्दै आएको छ । स्टील तथा पाइपबाट बन्ने सामाग्रीहरुको उत्पादन तथा विक्री बाट सुरु गरेको नेपोले काष्ठ फर्निचर समेत उपलब्ध गराउँदै आएको छ ।

नेपो ब्राण्डका उत्पादन गुणस्तरिय र भरपर्दाे भएका कारण ग्राहकको मन जित्न सफल भएको कम्पनीको दावी छ । नेपोको फर्निचर होटल, अस्पताल, स्कूल, कलेज, कार्यालय र व्यक्तिको घरमा प्रयोग हुने गरेको छ । गुणस्तरिय बस्तु तथा राम्रो व्यवस्थापन रहेका कारण आइएसओ २००१ः २००८ बाट समेत प्रमाणित भएको कम्पनीकी ह्युमन रिसोर्सेज म्यानेजर अन्जु तिवारीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>