समाज

बेनीघाटबाट दुई बच्चासहित दम्पतीले त्रिशूलीमा हाम फाले

Banner

धादिङ,माघ ३ –

बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेको झोलुङ्गे पुलबाट दुई बच्चासहित दम्पती त्रिशूली नदीमा हाम फालेका छन् । झोलुङ्गे पुलबाट हाम फाल्दा श्रीमतीको ज्यान गएको छ भने दुई बच्चा बेपत्ता भएका छन् ।

श्रीमानको भने रेस्क्यु टोलीले तत्काल उद्धार गरेको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिनु भयो । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मी दुई बच्चासहित त्रिशूलीमा हाम फालेका हुन् । जमुनाको शव पुलनजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>