अन्तर्राष्ट्रिय

अष्ट्रेलियाको आगलागी भएको क्षेत्रमा वर्षा हुँदा राहत

Banner

अष्ट्रेलिया, माघ २-

अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने करोडौँ जनावर पनि जलेर मरेका छन् । न्यु साउथ वेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको अधिकारीहरुले जनाएका छन् ।

“आगलागी भएको क्षेत्रमा अहिले वर्षा भएपछि केही राहत महसूस त भएको छ, तर आगलागी नियन्त्रण नै हुने भने देखिएको छैन,” ग्रामीण अग्नी नियन्त्रण सेवाका अधिकारीहरुले सामाजिक सञ्जालमा लेखेका छन् । वर्षा कति धेरै समय पर्छ र कति ठूलो हुन्छ भन्ने कुराले आगलागी नियन्त्रण हुन्छ की हुदैन भन्ने निर्धारण हुने उनीहरुले बताएका छन् ।

आगलागी हुनुभन्दा अगाडीसम्म दर्जनौ ठाँउमा आगलागी भइरहेको विवरण अग्नी नियन्त्रण सेवाका अधिकारीहरुले दिएका थिए । स्थानीय सञ्चार माध्यमहरुले पनि जलिरहेको जंगलमा वर्षा भएको भिडियो र फोटोहरु प्रकाशन तथा प्रसारण गरेका छन् । रासस\एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>