चितवन विशेष

अध्यक्षका उम्मेद्वार शाक्य मतदाताको घरघरमा पुगे, भन्छन्ः ‘मेरो पक्षमा माहोल बढ्यो

०
Banner

चितवन, पुस २८–

उद्योग वाणिज्य संघ चितवनको भोलि (मंगलबार) हुन गईरहेको निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार ज्ञानेन्द्रमान शाक्यको पक्षमा महोल बढ्दै गएको छ । शाक्यले चुनावी दौरान मतदाताहरुको घर–घर पुग्दा आफ्नो पक्षमा व्यापक जनलहर आएको बताए । उनले व्यवसायीहरुले आफुप्रति विश्वास गरेको बताए ।

शाक्यले चितवनका ब्यवसाय प्रवद्र्धनका गराउनका लागि आफ्ना एजेण्डाहरु पनि प्रस्तुत गरेका छन् । चितवनको भरतपुरमा सोमबार बिहान पत्रकारहरुसंग कुरा गर्दै शाक्यले आफ्ना एजेण्डा अघि सारेका हुन् । उनले व्यवसायीहरु करको मारमा परेको भन्दै कर घटाउनु आफ्नो मुख्य एजेण्डा भएको बताए । शाक्यले भने,“व्यवसायीहरु दोहोरो तेहोरो करको मारमा छन् । करकै कारण कतिपय व्यवसायी विस्थापित हुन थालेका छन् । म यो कर घटाउन आवश्यक पहल गर्छु ।” शाक्यले थपे,“उद्योग वाणिज्य संघले समन्वय गरेर अघि बढे कर घटाउन सकिन्छ । ”

उनले स्थानीय सरकारले हाल व्यवसायीहरुमाथी लादिएको कर कुनै पनि दृष्टीकोणबाट उपयुक्त नदेखिने बताए । उनले यस्तो कर नीति हटाउन आफ् पहल हुने योजना सुनाए । उनले व्यवसायमा गरिएको लगानीको सुरक्षालाई प्राथमिकतामा राखेका छन् । ब्यवसायी सुरक्षित हुन नसकेको भन्दै उनले कसैले पनि ठोस काम गर्न नसकेको बताए । उनले आफुले काम गरेर देखाउने योजना सुनाए । ब्यवसायीको हक, हित र सुरक्षाको लागी उनले काम गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाधरुपमा र सहज रुपमा ब्यवसाय संचालन गर्न पाउनुपर्ने र शान्ति सुरक्षाको पूर्व ग्यारेण्टी हुनुपर्ने उनको योजना छ ।
नारायणगढ बजार क्षेत्रमा स्मार्ट सिटीको नाममा फुटपाथमा स–सानो ब्यसायमा जिविकोपार्जन गर्ने साना ब्यवसायीहरुलाई खेदिएको उनले आरोप लगाएका छन् । त्यस्ता ब्यवसायीहरुप्रति उचित ब्यवस्थापन र निर्वाध ब्यवसाय गर्ने वातावरण मिलाउने बताएका छन् । शाक्यले भने ‘म करलाई ब्यवहारिक बनाएर ब्यवसाय गर्ने वातावरण बनाउछु’ शाक्यले भने ‘ब्यवसायीहरुलाई शान्ति सुरक्षा दिइ, फुटपाथ ब्यवसायको ब्यवस्थापन मेरो योजनामा छ ।’

शाक्यले उठान गरेका मुद्धाहरुमध्ये अहिले बजार क्षेत्रमा निषेध गरिएको अटो चलाउन पाउनुपर्ने माग छ । बजार क्षेत्रमा अटोरिक्सा संचालनमा समस्या भएको कारण ब्यवसायमा ठुलो धक्का पुगेको भन्दै अटोको ब्यवस्थित संचालनको लागी उनले योजना तयार गरेका छन् । अटो रिक्सालार्ई ब्यवस्थापनमा गर्न नसक्दा विस्थापित हुन लागेको भन्दै आफुले कार्ययोजना तयार गरेको उनको भनाई छ । शाक्य उद्योग वाणिज्य संघ चितवनको स्थापनाकाल देखिकै सदस्य हुन् ।

भोलि हुने अधिवेशनका लागी उम्मेदवार भएका शाक्य लोकतान्त्रिक धारका रुपमा चिनिएका छन् । उनका प्रतिष्पर्धी राजु श्रेष्ठ नेकपा निकट मानिन्छन् । पछिल्लो समय उनलाई भरतपुरकी मेयर रेनु दाहाल निकट भन्ने आरोप लाग्न थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>