इच्छकामना

इच्छाकामनाका ४० चेपाङलाई ब्ल्याङ्केट वितरण

Banner

चितवन, पुस २७-

रोटरी क्लब अफ भरतपुर र दिपक पुकार फाउण्डेसनको संयुक्तरुपमा चितवनको इच्छाकामना गाउँपालिका–७ का चेपाङ परिवारमा ब्ल्याङ्केट वितरण गरको छ । सोही अवसरमा उनीहरुको निशुल्क दन्त परीक्षण पनि गरिएको छ ।

शनिबार भएको कार्यक्रममा इच्छाकामना गाउँपालिका–७ आरसीसी चारघरेका २३ चेपाङ परिवारका ४० जनालाई ब्ल्याङ्केट वितरण गरिएको हो । सोही अवसरमा ४० जनाकै निःशुल्क स्वाथ्य परीक्षण गरिएको रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशबहादुर सेन ठकुरीले जानकारी दिए ।

सो कार्यक्रममा इच्छाकामना–२ का वडा सदस्य रामबहादुर घर्ती, रोटरी क्लब अफ भरतपुरका पेसिडेन्ट नोमिनी राजेन्द्रकुमार पिया, पूर्वअध्यक्षहरु हरिप्रसाद सुवेदी, घनबहादुर श्रेष्ठ तथा सर्भिस पोजेक्ट चियर ऋषिराम तिमिल्सिना कोषाध्यक्ष भूपेन्द्रराज बस्नेत एवम सदस्य शेखर प्रोख्ररेलको सहभागिता रहेको थियो । यस्तै दिपक पुकार फाउन्डेसनका तर्फबाट डा निकिता खनाल, डा आशुतोष कुमार सिंह र डा उत्सव सेन अघिकारीको सहभागिता रहेको थियो । रोटरी क्लब अफ भरतपुरका सचिव विवेक श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रमको अध्यक्षता सुरेशबहादुर सेन ठकुरीले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>