चितवन विशेष

माडीको खिचरा महोत्सव प्रचण्डबाट उद्घाटन हुने

Banner

प्रिती पोख्रेल

चितवन, पुस २७-

प्रथम माडी खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

माडीको पर्यटन प्रवद्र्धनको उद्देश्यले माडी खिचरा महोत्सव आयोजना गरिएको हो । यही पुस २९ गतेबाट माघ ६ गतेसम्म चल्ने मेलाको पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेे महोत्सव मूल आयोजक समिति संयोजक रामेश्वर चौधरीले बताए । माडी नगरपालिका–४ सिधुवा चोकमा हुने महोत्सवको ११ बजे अध्यक्ष दाहालले औपचारिक उद्घाटन गर्ने तयारी छ । माडी नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सवमा थारु कल्याणकारिणी सभा क्षेत्र नं १ माडी र नेपाल आदीबासी जनजाति महासंघ नगर समन्वय परिषद् माडी सहआयोजक रहेको छ । भ्रमण वर्ष सन् २०२० सफल पार्न निर्माण गरिएको नगरपालिकाको कार्य योजनामा महोत्सव आयोजनासमेत सम्मिलित रहेको थियो । महोत्सव परिसरमा झण्डै १०० स्टल रहेको संयोजक चौधरीले बताए ।

माघी पर्वको अवसरमा आयोजित महोत्सवमा थारु, बोटे, गुरुङ समुदायको खाना परिकारका स्टलहरु रहनेछन् भने संस्कृति रहनसहन झल्कने झाँकी प्रर्दशन गरिनेछ । महोत्सव स्थलबाट माडीका अन्य घुम्न योग्य गन्तव्यहरुसम्म आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन यातायातको समेत सहज व्यवस्थापन गरिएको माडी नगरपालिकाले जनाएको छ । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>