एथलेटिक्स

चितवनको खैरहनी र राप्तीमा राष्ट्रपति रनिङ शिल्ड सुरु

Banner

चितवन, पुस २७-

चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

स्थानीय तह भएपछि यी दुई नगरपालिकाले दोस्रो पटक प्रतियोगिताको आयोजना गरेका हुन् । खैरहनी नगरपालिकाको आयोजनामा खैरहनी माध्यमिक विद्यालयमा आयोजित प्रतियोगिताको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख डल्लाकोटीले खेलकुद राष्ट्रको पहिचान रहेको बताए । खेलकुदले शारीरिक, मानसिक, व्यक्तित्वको विकास हुनुका साथै राष्ट्रको गरिमा बढाउने डल्लाकोटीले बताए ।

खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले नगरस्तरमा उत्पादन भएका खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने अवसर पाउने भएकाले त्यसैका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्व राख्ने बताए । नगर प्रमुख चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानीय शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्याल, खैरहनी ७ का वडाध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक मनेजर चौधरीलगायतले मन्तव्य राखेका थिए । पहिलो दिन एक हजार ५०० मिटर दौडको छात्र तर्फ सैनिक आवासीय महाविद्यालयका स्वीकार सुवेदी प्रथम हुँदा डेजी आवासीय माध्यमिक विद्यालयका निशान्त भट्टराई दोस्रो तथा ग्लोसाइन एकेडेमीका निशान पन्तले तृतीय स्थान हासिल गरे । सोही मिटर दौडमा छात्रा तर्फ खैरहनी माध्यमिक विद्यालयकी तिर्सना नेपाल,खैरहनी माविकै आयुषा गिरी र कंकाली माविकी भावना रिजाल क्रमस पहिलो, दोस्रो र तेस्रो भए । भलिबल र कवडड्ीका पहिलो चरणका खेलहरु पनि भएका छन् ।

खैरहनीमा ११ वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालयले सहभागिता जनाएका छन् । राप्ती नगरपालिकाको आयोजना वुद्धशान्ति माध्यमिक विद्यालयको चौरमा सुरु भएको प्रतियोगिताको प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरे । प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेलहरु हुने नगरपालिकाका स्थानीय शिक्षा अधिकारी शम्भुप्रसाद पौडेलले बताए । राप्ती नगरपालिका प्रमुख प्रभा बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख इमानसिंह लामाले स्वागत मन्तव्य राखेका थिए । राप्तीमा सामुदायिक र संस्थागत गरी कुल १३ विद्यालयको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>