चितवन विशेष

उवासंघ चितवन: अध्यक्षमा श्रेष्ठ र शाक्यको उम्मेद्वारी, तीन उपाध्यक्ष निर्विरोध (उम्मेद्वारको नामसहित)

Banner

चितवन, पुस २५–

उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वका लागि दुई जनाको उम्मेद्वारी परेको छ । निर्वाचन प्रक्रिया अन्तरगत आज (शुक्रबार) भएको मनोनयन दर्ताको क्रममा अध्यक्षमा राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यले उम्मेद्वारी दर्ता गराएका हुन् ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा समेत निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्षका लागि चुननारायण श्रेष्ठ र विष्णुप्रसाद कँडेलको उम्मेद्वारी परेको निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै संघको तीन जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । उद्योग तर्फको उपाध्यक्षमा चिरञ्जीवि सुवेदी, वाणिज्य तर्फ सुमन कुमार श्रेष्ठ र वस्तुगत कर्पोरेट, क्षेत्रीय संगठित सदस्यतर्फको उपाध्यक्षमा भोजराज कौडेल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा भने निर्वाचन हुने भएको छ । उद्योग तर्फको कार्यसमिति सदस्यमा अशोक अधिकारी, इ.कृष्णप्रसाद रिजाल, दुर्गाप्रसाद गौतम, विनोद पौडेल, भानुभक्त न्यौपाने, योगिता पिया, लिलबहादुर क्षेत्री, सोमप्रसाद काप्रीले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै वाणिज्यतर्फ सदस्यमा आनन्दराज राउत, चेतनारायण सापकोटा, थिरप्रसाद धिताल, पाण्डव ढकाल, बद्री पौडेल, राजेन्द्र सिग्देल, लक्ष्मी रिमाल पौडेल, विकास थापा, शिवप्रसाद ओझा, ज्ञानुप्रसाद ओझाले उम्मेद्वारी दर्ता गराएका छन् ।

यसैगरि वस्तुगत सदस्यतर्फ इश्वरीप्रसाद खराल, तारानाथ पाठक, दुर्गादत्त कँडेल, धनप्रसाद पोख्रेल, विनोदप्रसाद तिमिल्सिना, शर्मिला न्यौपाने, हेमराज पौडेलले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । त्यस्तै महिला सदस्यमा समेत निर्वाचन हुने भएको छ । एक जना महिला सदस्यका लागि विमला अधिकारी र रजनी मास्केको उम्मेद्वारी परेको छ ।

यसैगरि कर्पोरेट तर्फको सदस्यमा भने राजेन्द्र ओली र शिरिष पन्त, क्षेत्रीय संगठित सदस्यतर्फ मुक्तिकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>