चितवन विशेष

राप्तीमा सुत्केरी महिलाई पोषणा भत्ता वितरण

Banner

चितवन, पुस २२-

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ ले सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरेको छ ।

चालु आर्थिक वर्षमा विनियोजन गरिएको गर्भवती तथा सुत्केरी आमा पोषण कार्यक्रमअन्तर्गत वडा भित्रका सुत्केरी महिलालाई पोषण खर्चका लागि दुई हजार ५०० दरले नगद वितरण गरिएको वडा अध्यक्ष शमशेर लामाले बताए ।

पहिलो दिन मंगलबार ९ जना सुत्केरी महिलालाई भत्ता वितरण गरिएको छ । दुई चरणमा वितरण गरिने कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा गर्भवती र सुत्केरी भएका महिलालाई आउँदो जेठमा वितरण गरिने वडा अध्यक्ष लामाले जानकारी दिए । निर्वाचित भएदेखि यो कार्यक्रम लागू गरिएको भन्दै वडाध्यक्ष लामाले स्थानीय सरकारको अनुभूति दिलाउन सुत्केरी पोषण कार्यक्रम समावेश गरिएको बताए ।

राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको उपस्थितिमा उनीहरुलाई पोषण भत्ता वितरण गरिएको थियो । उपमेयर लामाले वडा कार्यालयले सृजनात्मक काम गरेको उल्लेख गर्दै सानो रकम भए पनि सम्मानको रुपमा लिनुपर्ने बताए । उपस्थित सुत्केरी महिलाहरु पोषण खर्च पाउँदा खुसी देखिन्थे । यो वर्ष वडा कार्यालयले गर्भवती तथा सुत्केरी महिला पोषण खर्च कार्यक्रमका लागि तीन लाख रुपैयाँ विनियोजन गरेको छ । पोषण भत्ता वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक सुशिलकुमार पाण्डे, वडा सदस्यलगायतको उपस्थिति रहेको थियो । राप्ती ४ को वडा कार्यालयले चालु आर्थिक वर्षमै वडा भित्रका गरिब तथा विपन्न १०० घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्नुका साथै विपन्न १० परिवारलाई जाडोबाट बच्न सिरक डसना समेत वितरण गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>